हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

मगर राजाको राजधानी ‘बलिहाङगढी’ ओझेलमा

कृष्ण दर्नाल / साहित्य/संस्कृति/सम्पदा - February 2, 2017

पाल्पा, माघ २०
मगर राजाको राजधानीका रूपमा परिचित पाल्पाको बल्ढेङगढी गाविसस्थित ऐतिहासिक ‘बलिहाङगढी दरबार क्षेत्र’ ओझेलमा परेको छ । तानसेनदेखि ५० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण ‘बलिहाङगढी दरबार क्षेत्र’ प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो ।

वि.सं. १४५० देखि १८०९ सम्म मगरातको राजधानीका रूपमा रहेको इतिहासमा उल्लेख छ । हालको बल्ढेङगढी क्षेत्रमा बलिहाङ राजाको राजदरबारको अवशेष देखिन पाइने भएसँगै मगर समुदायका मानिस दरबार क्षेत्रमा पुग्न लालायित छन् । बल्ढेङगढी गाविसस्थित घना जंगलको अग्लो चुचुरोमा दरबारको भग्नावशेष, इनार, युद्ध मोर्चा, रानीवन, रानीकुवा, राजाले प्रयोग गरेको चर्पी र मन्दिर रहेका छन् । अहिले त्यस क्षेत्रमा स्थानीयवासीले देवताको मन्दिर बनाई पूजाआजा गर्दै आइरहेका छन् ।

अग्लो डाँडाको चुचुरोमा सुन्दर, रमणीय दरबार क्षेत्रमा पुग्दा शीतलताको महसुस हुन्छ । बृहत् लुम्बिनीका परियोजनाकार प्रोफेसर क्वाकले समेत हिमाल र लुम्बिनी देखिने एकमात्र स्थान बलिहाङगढी दरबार क्षेत्र रहेकाले यसको महत्व अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन आवश्यक रहेको आँैल्याएका थिए । रूपन्देहीको सालझन्डीदेखि १५ किलोमिटर उत्तरमा दरबार क्षेत्र रहे पनि यातायातको सहज व्यवस्था भने छैन ।

जातीय, क्षेत्रीय आन्दोलन चलिरहेको बेलामा मगरातको राजधानी बलिहाङगढीको महत्व अझ बढेकाले विश्वभरिका मगरले यसको संरक्षणमा जुट्न थालेका हुन् । नेपाल आदिवासी जनजाति महासंघ, हङकङका अध्यक्ष एमबी थापाले बलिहाङगढी दरबार मगर राजाको दरबार रहेको भन्ने तथ्य आफूले थाहा पाउँदा गर्वको अनुभूति भएकाले यसको संरक्षणमा लाग्न विश्व भरिका मगर समुदाय समक्ष अपिल गरेका छन्े ।

दरबार क्षेत्रको अवलोकन गर्न मानिस आएपनि यस क्षेत्रमा भौतिक विकास गर्न आवश्यक रहेको र त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने बलिहाङगढी क्षेत्र विकास समितिकी कोषाध्यक्ष तुला रास्कोटीले बताएका छन् । दरबारको प्रचारप्रसार र विकासमा लाग्नुपर्ने जनजाति नेता टोप अस्लामी मगरले बताएका छन् । स्थानीय बासिन्दा कमल रायमाझी दरबार क्षेत्रको राष्ट्रिय स्तर बाट नै अध्ययन–अनुसन्धान हुनु पर्ने बताएका छन् । रासस

भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः ‘भ्यालेन्टाइन’ सार्वजनिक

काठमाडौं, माघ २८ ‘लालुपाते’ बोलको एल्बममार्फत आफ्नो साङ्गीतिक सफलता प्राप्त गरेका गायक जोहेव मानन्धरले भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः...

सुनसान रहेन अन्नपूर्ण पदमार्ग

लमजुङ, माघ २६ पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक...

चितवन निकुञ्जमा ११ अर्ना स्थानान्तरण, तीनवटा ल्याइँदै

चितवन, माघ २४ कोसीटप्पु र चिडियाखानाबाट गरी आजसम्म चितवन राष्ट्रिय निकुञ्जमा ११ वटा अर्ना स्थानान्तरण गरिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई...