हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

‘सङ्गीत साधना सम्मान’ गुरुङलाई

इन्फोनेपाल संवाददाता/ साहित्य/संस्कृति/सम्पदा - February 2, 2017

काठमाडौं, माघ २०
सांस्कृतिक संस्थानले वरिष्ठ तबलावादक रामहरि गुरुङलाई यस वर्षको ‘सङ्गीत साधना सम्मान’ प्रदान गरेको छ । उनानब्बे वर्षीय गुरुङलाई सात दशकसम्म तबलावादनका क्षेत्रमा योगदान गरेकाले रु २५ हजार सहित सम्मानपत्र दिइएको हो । उनले अहिले अर्बुद रोगबाट पीडित भएका छन् ।

बुधबार आयोजित ‘वसन्त शास्त्रीय सङ्गीत उत्सव तथा साधक सम्मान समारोह’मा वरिष्ठ तबलावादक गोपालनाथ योगीले पुराना साधकले गीत तथा सङ्गीतका क्षेत्रमा गरेको विकासलाई स्मरण गरी संस्थानले गरेको सम्मानले शास्त्रीय सङ्गीतको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

संस्थानका अध्यक्ष उद्योग राईले नयाँ र पुराना कलाकारलाई एक स्थानमा भेला गराई अनुभव आदानप्रदान गर्न सो उत्सव महत्वपूर्ण रहेको बताएका छन् । संस्थानका महाप्रबन्धक राजेश थापाले वसन्तपञ्चमीलाई सङ्गीतको विद्या आर्जन गर्ने महत्वपूर्ण दिनका रुपमा लिइने बताउँदै सङ्गीतले मन र समाजलाई जोड्न सक्ने तथा राष्ट्र एकताको सूत्रधारका रुपमा कार्य गर्ने विचार व्यक्त गरेका छन् । सो अवसरमा रवीन्द्रलाल श्रेष्ठ, बाला भट्टराई, नगेन्द्र राई, सुशीला अमात्य लगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः ‘भ्यालेन्टाइन’ सार्वजनिक

काठमाडौं, माघ २८ ‘लालुपाते’ बोलको एल्बममार्फत आफ्नो साङ्गीतिक सफलता प्राप्त गरेका गायक जोहेव मानन्धरले भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः...

सुनसान रहेन अन्नपूर्ण पदमार्ग

लमजुङ, माघ २६ पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक...

चितवन निकुञ्जमा ११ अर्ना स्थानान्तरण, तीनवटा ल्याइँदै

चितवन, माघ २४ कोसीटप्पु र चिडियाखानाबाट गरी आजसम्म चितवन राष्ट्रिय निकुञ्जमा ११ वटा अर्ना स्थानान्तरण गरिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई...