हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

मङ्गलबारे अस्पतालमा रेबिज सुईको अभाव

इन्फोनेपाल संवाददाता/ स्वास्थ्य - January 31, 2017

मोरङ, माघ १८
मोरङको उर्लाबारीमा रहेको मङ्गलबारे अस्पतालमा रेबिज रोगविरूद्ध लगाइने सुईको अभाव भएको छ । सुई अभाव भएपछि अस्पतालमा आउने बिरामी निजी क्लिनिकबाट महँगो शुल्क तिरेर सुई लगाउन बाध्य छन् । महँगो शुल्क तिरेर सुई लगाउनुपर्दा बिरामी मर्कामा छन् । निःशुल्करुपमा पाइने सुई निजी क्लिनिकबाट रु ६०० तिर्नुपर्दा बिरामी मर्कामा परेका छन् ।

सरकारको सरुवा रोग नियन्त्रण महाशाखाले पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरबाट अस्पताललाई मासिक १५० डोज आउने सुई ३० जना बिरामीलाई मात्र पुग्छ । मङ्गलबारे अस्पतालमा दैनिक दुईजना बिरामी रेबिज रोगविरूद्धको सुई लगाउन आउने गरेको अस्पतालका निमित्त प्रमुख डा राज झाले बताएका छन् । उनले भने– “बिरामीको संख्या मासिक ६० भन्दा बढी हुन्छ । सरकारले उपलब्ध गराएको सुईले ३० जनालाई मात्र पुग्छ ।” रेबिज रोगविरूद्धको सुई पहिलो, तेश्रो, सातौँ, चौधौँ र २८ औँ दिन गरी जम्मा पाँचपटक लगाइन्छ ।

मङ्गलबारे अस्पतालमा झापाको दमक, इलामको साक्फारासहित मोरङको इटहरा, सिजुवा, मधुमल्ला, रमितेखोला, लेटाङभोगटेनी लगायतका क्षेत्रबाट पनि बिरामी रेबिज सुई लगाउन आउने भएकाले सुई अभाव भएको डाक्टर झाले बताएका छन् । मोरङ जिल्लामा कोसी अञ्चल अस्पताल, रङ्गेली अस्पताल र मङ्गलबारे अस्पतालमा रेबिज रोगविरूद्धको सुई निःशुल्क रूपमा उपलब्ध हुन्छ । रासस

हात्तीपाइले विरूद्धको औषधि फागुन तेश्रो हप्ता

काठमाडौं, माघ २४ सरकारले फागुनमा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ । अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई...

केन्द्रले औषधि आपूर्ति नगर्दा समस्या

सल्यान, माघ २२ सरकारले निःशुल्क रूपमा स्वास्थ्य संस्था मार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । दुई वर्ष देखि केन्द्रबाट आपूर्ति गर्ने...

रूपन्देही पूर्ण खोपयुक्त जिल्ला घोषित

बुटवल, माघ २२ रूपन्देही जिल्ला २२ औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङले शुक्रबार जिल्लालाई पूर्ण खोप...