हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

औषधिको अभावमा स्वास्थ्य संस्थाहरू सुनसान

इन्फोनेपाल संवाददाता/ स्वास्थ्य - January 30, 2017

गौशाला, माघ १७
महोत्तरी जिल्लाका स्वास्थ्य संस्था औषधि अभावमा सुनसान देखिन थालेका छन् । सरकारले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि जिल्लाको अवस्था त्यस्तो छैन । गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न सल्लाह दिने स्वास्थ्यकर्मी नै भेटिन्छन् । नियमित अनुगमन नहुँदा स्वास्थ्य संस्था बेकामे जस्ता भएका छन् ।

केन्द्र र क्षेत्रबाट औषधि नआएको स्थानीयस्तरमा खरिद गर्नुपर्ने औषधिको बोलपत्र पनि समयमा नगरेका कारण जिल्लामा तीन महिनादेखि औषधि अभावमा जिल्लाभरका ७६ स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा चहलपहल देखिँदैन ।

औषधि हुँदा दिनहुँ तीे स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गर्दथ्यो । तर औषधि अभाव र स्वास्थ्यकर्मीको अनुपस्थितिका कारण यहाँका स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउन सर्वसाधारणलाई मुस्किल भएको छ । दैनिक सरदर ३०० भन्दा बढी बिरामी आउने जिल्लाभरका स्वास्थ्य संस्थामा औषधि अभावसँगै बिरामीको संख्या पनि घट्दो छ । रासस

हात्तीपाइले विरूद्धको औषधि फागुन तेश्रो हप्ता

काठमाडौं, माघ २४ सरकारले फागुनमा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ । अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई...

केन्द्रले औषधि आपूर्ति नगर्दा समस्या

सल्यान, माघ २२ सरकारले निःशुल्क रूपमा स्वास्थ्य संस्था मार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । दुई वर्ष देखि केन्द्रबाट आपूर्ति गर्ने...

रूपन्देही पूर्ण खोपयुक्त जिल्ला घोषित

बुटवल, माघ २२ रूपन्देही जिल्ला २२ औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङले शुक्रबार जिल्लालाई पूर्ण खोप...