हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

उद्यमी क्षेत्रका एक सफल नक्षेत्र ‘उमेश श्रेष्ठ’ सँग गरिएको संक्षिप्त कुराकानीमा आधारित…………..

इन्फोनेपाल संवाददाता/ विचार/विश्लेषण - January 29, 2017
umesh sherestha

एक सफल अर्का उद्यमीको नाम हो, उमेश श्रेष्ठ जो प्राइम बैंकका अध्यक्ष र हाल नेपाली कांग्रेसका सांसद हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रहरू जस्तैः बैंकिङ, शैक्षिक, कृषि, जलविद्युत, पर्यटन, लगायतका उद्यमशील पेशाहरूमा संलग्न हुनुहुन्छ । उमेश श्रेष्ठको जन्म भोजपुर जिल्लामा भएको थियो र उहाँले एक उद्यमीको रूपमा चार दशक अगाडि देखि विभिन्न क्षेत्रहरूसँग आवद्ध हुँदै आइरहनु भएको छ । हाल श्रेष्ठ ललितपुर स्थित हात्तीवनमा रहेको लिटल एञ्जल्स स्कुलका संस्थापक हुनुहुन्छ र लाखौँ व्यक्तिहरूका मालिकका रूपमा सु–परिचित पनि हुनुहुन्छ । यहाँ बैंकर श्रेष्ठ सँग गरिएको एक अन्तर्वातामा लिइएका केही अंशहरू प्रस्तुत गरिएका छन् ।10155_121195888091377_2065672695_n

श्रेष्ठ जी, के तपाईं आफ्नो र बैंकको बारेमा मलाई संक्षिप्त जानकारी दिन सक्नुहुन्छ ?
म भोजपुर जिल्लाबाट झण्डै ४४ वर्ष पहिले काठमाडौंमा पढाइको सिलसिलामा आएको थिए । म कलेज सकिएपछि अत्यन्तै मेहनतका साथ बिहानी तथा बेलुकीका समयमा काम गर्ने गर्दथेँ । जीवनमा भोगेको अभावको अनुभवले मलाई आज गरिबी के हो भन्ने कुराको राम्रो सँग बोध भएको छ । हामीले तीन सय ६५ सदस्यहरूको समूहबाट एक दशक पहिले प्राइम बैंकको स्थापना गरेका थियौँ ।

तपार्इँ यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो र तपाइँको संघर्षको समय कस्तो थियो ?
म काममा विश्वास गर्छु । म शैक्षिक क्षेत्रबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेको हुँ । म जलविद्युत, पर्यटन, कृषि, लगायतका विभिन्न उद्यमशील क्षेत्रहरूमा संलग्न रहेको छु ।

 नेपालको वित्तिय क्षेत्रहरूको अवस्था कस्तो छ ?
हाल नेपालमा झण्डै तीस वटा व्यवसायिक बैंकहरू रहेको अवस्था छ । नेपाल जस्तो सानो मुलुकमा सात देखि आठ वटा बैंकहरू नै प्रशस्त हुन्छन् । बैंकहरूको बीचमा यहाँ अत्यन्तै उच्च प्रकारको प्रतिष्पर्धा रहेको छ । नेपालको आर्थिक क्षेत्र पूर्ण रूपमा रेमिट्यान्सले धानेको अवस्था छ । बैंकहरूले राष्ट्र निर्माणकोे लागि जे योगदान गर्नु पर्ने हो, त्यो योगदान गर्न नसकेको अवस्था छ । यी संस्थाहरू सधै गरिबहरूको पक्षमा भन्दा पनि उच्च वर्गका व्यक्तिहरूको पक्षमा काम गरिरहेका छन् ।

तपाईंले कहिल्यै केन्द्रीय बैंकको निर्देशनहरू पालना गर्ने क्रममा कुनै प्रकारका व्यवधानहरूको अनुभव गर्नुभएको छ ?
केन्द्रीय बैंक सँग त्यस्तो लामो समय सम्मको कुनै नीति छैन । हरेक वर्ष यसले नयाँ प्रकारका निर्देशनहरूलाई प्रेसित गर्ने गर्दछ । केन्द्रीय बैंक र सरकारसँग प्रशस्त रकम छ, तर व्यवसायिक बैंकहरूले पैसाको अभावमा समस्या झेल्नु परेको छ । बैंकहरूले कम्तीमा २० प्रतिशत रकम राख्नु पर्ने आवश्यकता हुन्छ । व्यवसायिक बैंकहरूलाई आगामी दुई वर्षको अवधिमा रु २ अर्ब देखि बढाएर ८ अर्ब सम्म रकम जम्मा गर्नुपर्ने निर्देशन केन्द्रीय बैंक मार्फत जारी गरिएको छ । यति धेरै ठूलो रकम जम्मा गर्नु व्यावसायिक बैंकहरूका लागि समय भने अत्यन्तै थोरै रहेको छ । केन्द्रीय बैंकको नीति व्यवसायिक बैंकहरूलाई सुविधा दिनु भन्दा पनि नियम र परिधिभित्र संकुचित पार्दै लाने उदेश्य देखिन्छ । हालै केन्द्रीय बैंक, नयाँ बैंकिङ तथा वित्तिय संस्थाहरूको ऐन ९द्यब्ँक्ष्ब्० अनुसार अगाडि बढेका छन् । यो प्रणालीलाई नेपालको परिवेशमा अत्यन्तै राम्रो मानिन्छ, जसले नेपालमा रहेका सम्पूर्ण बैंकहरूलाई नियन्त्रण गर्ने गर्दछ । बैंकहरूले कम ब्याजदरमा निक्षेप संकलन गर्ने तर उच्च प्रतिशतमा लिइने ब्याज ऋणी मार्फत असुल्ने गरिन्छ ।

तपार्इँले कहिल्यै निक्षेप र ऋणको व्याजदरको दूरी कम गराउने बारेमा विचार गर्नुभएको छ ?
केन्द्रीय बैंकको नयाँ नीति अनुसार, कुनै पनि बैंकले ५ प्रतिशत भन्दा बढीको अन्तरमा निक्षेप तथा कर्जा प्रवाह गर्न नसक्ने निर्देशन जारी गरेको छ ।

बैंकहरूले निक्षेपकर्ताहरूको रकम धेरै संकलन हुँदा व्याजदर घटाउने गर्दछन्, तर बैंकहरूले ऋण प्रवाह गर्ने क्रममा भने ब्याजदरमा कुनै परिवर्तन गर्दैनन्, किन ?
यदि बैंकहरूले निक्षेपकर्ताहरू मार्फत संकलन भएको रकमको व्याजदर घटाउने हुँदा निश्चय नै कर्जा प्रवाह गर्ने दरमा पनि कमी आउँदछ । यो हुनुमा बजारमा रहेका वित्तिय संस्थाहरू बीचको उच्च प्रतिस्पर्धाको परिणाम हो । यदि हामीले यो रणनीति अख्तियार नगर्ने हो भने देखि यो उच्च प्रतिस्पर्धामा हामी निश्चय नै असफल हुनेछौँ ।

किन तपाईंहरू कर्जाको किस्ता असुल गर्ने क्रममा ब्याजको पनि स्याज जरिवानाको रूपमा लिनुहुन्छ ?
बैंक अत्यन्तै अनुशासित संस्था हो । हरेक बैंकले त्रैमासिक रूपमा आफ्नो बैंकको अवस्थाको बारेमा केन्द्रीय बैंकलाई अवगत गराउनु पर्ने हुन्छ । अन्य राष्ट्रहरूमा पनि यस प्रकारको नीति वित्तिय संस्थाहरूमा लागू गराइन्छ । अत्यन्तै धेरै जोखिम भएको वित्तिय संस्थाको अवस्थामा भने यसलाई पुनःविचार गर्न सकिन्छ ।

नेपालमा गुड फर पेमेन्टको अवस्था कस्तो छ ?
यो एउटा यस्तो प्रणाली हो, जसमा यदि संकलित रकम पुरा नभएको अवस्थामा बैंकद्वारा जारी गरिएको पे चेक मार्फत् रकम जम्मा गर्ने एक पद्धति हो । नेपालमा गुड फर पेमेन्टलाई दुरुपयोग पनि गर्ने गरिन्थ्यो, त्यसैले उक्त समयमा केन्द्रीय बैंकले वित्तिय संस्थाहरूमा देखिने यस प्रकारका बर्बादीहरूलाई नियन्त्रण गर्ने काम गरेको थियो ।

व्यक्तिगत र परियोजनात्मक कार्यको लागि प्रवाह गर्ने कर्जाको प्रबन्ध कसरी गर्नुभएको छ ? के यो विभिन्न परियोजनामा रहेर काम गर्ने ऋणीहरूका लागि पनि सहयोगी छ ?
व्यक्तिगत ऋणको लागी, मानिसहरूले बढीमा दश करोड रुपैयाँ सम्म लिन सक्दछन् । उनीहरूले आफूलाई लागेको शीर्षकमा उक्त रकम लगानी गर्न सक्दछन् । परियोजना सँग सम्बन्धित ऋणको लागि, नीजले आफ्नो स्पष्ट र मूर्त योजना प्रस्तुत गर्नुका साथै बढी लागत भएको धितो बुझाउनु पर्ने हुन्छ । वास्तवमा भन्ने हो भने, हामीले अन्तर्राष्ट्रिय जगतमा निर्माण भएका सामाग्रीहरूलाई आयात गर्नु भन्दा नयाँ उत्पादनशील विचारहरूको निर्माण गरी अगाडि बढ्नु हितकर देखिन्छ । तर आजको नयाँ पुस्ताहरू क्रमशः सूचना प्रविधि र एनिमेसनमा आधारित व्यवसायहरू गर्न उत्प्रेरित हुन्छन्, न की उत्पादनशील तथा बजारको माग अनुसार नै ।

तपाईँहरूले युवापुस्ता जो विदेश गइरहेका छन्, उनीहरूका लागि कस्तो ऋणको योजना बनाउनु भएको छ ?
यो अत्यन्तै गम्भीर विषय हो । यसको लागि सरकारले एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आवश्यक नीतिहरूको निर्माण गरी बिना धितो ऋण प्रवाह गर्न सक्ने व्यवस्थालाई व्यापक बनाउन जरुरी रहेको छ । तथापी, नेपालमा नयाँ उद्यमीहरूको श्रृजना गर्न अत्यन्तै कठिन रहेको छ, किनकी जो सँग लागत बढी भएको धितो हुँदैन उसलाई ऋण प्राप्त गर्न असहज हुन्छ । यति हुँदा हुँदै पनि, ऋणको व्याजदर भने अत्यन्तै उच्च रहन्छ । सेवा दिने हिसाबले बैंकहरू सहर केन्द्रित रहेका हुन्छन् ।

बैंकहरूले खाता खोल्नका लागि नागरिकता प्रमाणपत्र र विभिन्न भर्पाइहरू परिवारका सदस्यहरूसँग लगातार रूपमा माग गर्ने गर्दछन् । किन तपाइँहरू यो प्रावधानलाई सहज बनाउनु हुन्न ? के भाडामा आश्रित व्यक्तिहरूले आफ्नो पहिचानको लागि विभिन्न भर्पाइहरू बुझाउन सक्लान् ?
मानिसहरूले नागरिकता प्रमाणपत्रको सहयोगले सजिलै खाता खोल्न सक्छन् । अहिले बैंकको खाता खोल्न सजिलो छ । मानिसले चाहेमा एक रूपैयाँमा पनि खाता खोल्न सक्छन् । विस्तारै, यसलाई कागजविहीन प्रणालीमा रूपान्तरण गरिदैछ । अझ, बैंकले हरेक खातावालाको पनि छुट्टै फाइल निर्माण गरी आवश्यक कागजात व्यक्तिगत रूपमा माग गर्ने गर्दछ । सेवाग्राहीले यो प्रावधानको बारेमा बुझ्न आवश्यक छ ।

बैंकहरूले राष्ट्र निर्माणको लागि कसरी योगदान गर्न सक्छन् ?
राष्ट्र विकासको लागि सरकारले कसरी नीतिनियम तथा कानुनी शासनहरू पालन गर्दछ भन्ने कुरामा निर्भर रहन्छ । राष्ट्रले सधैँ पूर्वाधार र औधोगिक विकास लगायत प्राकृतिक श्रोत तथा मानवीय संसाधनमा भएका शोषण जस्ता विषयहरूमा ध्यान केन्द्रीत गर्नुपर्ने देखिन्छ । बैंकहरूले राष्ट्र निर्माणको लागि सरकारलाई निश्चय नै सहयोग गर्दछन् ।

हामीले कसरी पैसा कमाउन सक्छौँ ?
हामीसँग एउटा स्पष्ट दृष्टिकोणको आवश्यकता पर्दछ । प्राविधक सीपको जरुरी रहन्छ । यसका साथै कडा मेहनत, लगनशीलता, सकरात्मक सोचाइ र जोखिम बहन गर्ने क्षमताहरूको पनि उत्तिकै आवश्यकता रहन्छ । नेपालमा जलविधुत, कृषि, पर्यटन, वाणिज्य, तथा उद्योगधन्दाहरू जस्ता क्षेत्रहरूमा प्रवल सम्भावना रहेको देखिन्छ । हामीले सम्भावना बोकेको क्षेत्रलाई अंगाल्नु पर्दछ ।

तपाईंको अहिलेसम्मको सबैभन्दा दुःखद र सुखद क्षणको अनुभूति के हो ?
म शिक्षा क्षेत्रसँग सम्बन्धित रहेको छु । यो मेरो मुख्य पेशा हो । मैले मेरो सोचाइलाई विविधिकरण गर्नको निम्ति अन्य क्षत्रहरूलाई रोजेको हुँ । म सँग धेरै दृष्टिकोणहरू छन् । म विश्वविद्यालय स्थापना गर्न चाहन्थे तर सरकारले मलाई अनुमति प्रदान गरेन । म सँग अनेक चीज छन्, जस्तैः विद्यार्थी, विभिन्न विभागहरू, नीजि सम्पत्ति, तथापी सरकारले अझै मलाई विश्वविद्यालय स्थापनार्थ अनुमति प्रदान गर्दैन । मेरो लागि यो अत्यन्तै मर्मस्पर्शी क्षण हो । हाल आएर म अन्य क्षेत्रहरूमा आबद्ध रहनुको वास्तविक कारण पनि त्यही हो । तर पनि मैले जे गरे, त्यसैैमा म सन्तुष्ट रहेको छु ।