हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान

इन्फोनेपाल संवाददाता/ मनोरञ्जन - January 29, 2017

काठमाडौं, माघ १६
नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पु¥याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान गरेको छ ।

गत महिना अमेरिकाको कोलोराडो सहरमा आयोजना भएको कार्यक्रममा अवार्ड पाउन बाँकी रहेका नेपाली कलाकार तथा पत्रकारलाई आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो ।

सो अवसरमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको कलाकारिता क्षेत्रलाई विश्वव्यापी रुपमा फैलाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, “नेपाली साहित्य, कला, संस्कृति विधालाई राज्यले जुन रुपमा प्राथमिकता दिनुपर्ने हो त्यो दिन सकेको छैन ।” मन्त्री महतले महत्वपूर्ण सन्देश आम जनमानसमा पु¥याउन फिल्म क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउँदै यसलाई राज्यको सहजकर्ताको रुपमा लिनुपर्ने बताएका छन् ।

ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान

काठमाडौं, माघ १६ नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पु¥याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म...