हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

भक्तपुर अस्पतालमा नाक, कान, घाँटी सेवा सुरू

इन्फोनेपाल संवाददाता/ स्वास्थ्य - January 23, 2017

भक्तपुर, माघ १०
भक्तपुर अस्पतालमा दैनिक रूपमा नाक, कान, घाँटी विशेषज्ञ सेवा सुरू भएका छन् । यसको दरबन्दी रहे पनि डाक्टरको नआउँदा धेरै वर्षदेखि सुरू हुन नसकेको यो सेवामा डा रविभूषण सुवाल आएपछि यो सेवा सुरू भएको हो ।

अस्पतालमा नाक, कान, घाँटीबाहेक अहिले हाडजोर्नी सेवा पनि दैनिक सुरू भएको छ । यसअघि प्राइभेट इएचएस रूपमा त्यहाँं हाडजोर्नीे सेवा सञ्चालनमा थियो ।

अस्पतालमा सघन उपचार कक्ष आइसियु सेवाका लागि सामान खरिद भइसकेको र निकट भविष्यमै सेवा सञ्चालनको तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार केसीले बताएका छन् ।
वीर अस्पतालपछि देशकै दोश्रो पुरानो अस्पतालका रूपमा रहेको यो अस्पतालले सेवाहरू विस्तार गर्दै लगेको छ ।

हात्तीपाइले विरूद्धको औषधि फागुन तेश्रो हप्ता

काठमाडौं, माघ २४ सरकारले फागुनमा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ । अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई...

केन्द्रले औषधि आपूर्ति नगर्दा समस्या

सल्यान, माघ २२ सरकारले निःशुल्क रूपमा स्वास्थ्य संस्था मार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । दुई वर्ष देखि केन्द्रबाट आपूर्ति गर्ने...

रूपन्देही पूर्ण खोपयुक्त जिल्ला घोषित

बुटवल, माघ २२ रूपन्देही जिल्ला २२ औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङले शुक्रबार जिल्लालाई पूर्ण खोप...