हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

सर्वोच्चका लागि सिफारिस भएका न्यायाधीशको सुनुवाई आज

इन्फोनेपाल संवाददाता/ मुख्य समाचार - January 19, 2017
1475285166supprimmm1

काठमाडौं, माघ ६
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको आज सुनुवाई हुँदैछ ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस केसी र भण्डारीको सम्बन्धमा तीनवटा उजुरी परेको संसदीय सुनुवाई समितिले जनाएको छ ।

बिहान ११ बजेपछि सुरु हुने बैठकमा दुवैजनाले आफ्नो विरुद्ध परेको उजुरी बारे जवाफ दिनुका साथै भावी कार्ययोजना बारे पनि जानकारी गराउने छन् । सुनुवाई पछि समितिले नियुक्तिका लागि सिफारिस गर्ने नगर्ने निर्णय गर्नेछ ।