हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

उच्च  अदालतमा नियुक्त भएका न्यायाधीशले शपथ लिँदै

इन्फोनेपाल संवाददाता/ मुख्य समाचार - January 18, 2017
download

काठमाडौं, माघ ५
उच्च अदालतमा नियुक्त भएका ८० जना न्यायाधीशले आज शपथ लिँदैछन् । सर्वोच्च अदालतमा दिउँसो हुने समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले उनीहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

नेपाल बार, सरकारी वकिल र केही राजनीतिक दलको विरोध हुँदाहुँदै न्यायाधीशलाई शपथ गराउन लागिएको हो । न्यायपरिषदले गएको पौष २८ गते राति नियुक्तिका लागि सिफारिस गरेपछि उनीहरूको नियुक्ति र पदस्थापन समेत भइसकेको छ ।

परिषदले कानुन, न्याय र सरकारी वकिल समूहका विशिष्ट श्रेणी, सहसचिव, पूर्वन्यायाधीश र कानुन व्यवसायीलाई समेटेर उच्च अदालतमा नियुक्तिको सिफारिस गरेको थियो । नियुक्ति असमावेशी भएको भन्दै नेपाल बारले विरोध जनाएको छ भने सरकारी वकिलहरुले निर्णय पुनर्विचार नभए बेन्च बहिष्कार गर्ने चेतावनी दिएका छन् ।