हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह

इन्फोनेपाल संवाददाता/ मनोरञ्जन - January 16, 2017
abhisek-nisha-kusum-marrige.3jpg

काठमाडौं, माघ ३
राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा. निशाकुसुम भण्डारीको शुभविवाहका अवसरमा विभिन्न व्यक्तित्वहरूबाट बरबधुलाई बधाई तथा शुभकामना दिइएको छ ।abhisek-nisha-kusum-marrige.2jpg

स्वर्गीय मदनकुमार भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह इञ्जिनियर मुनिलाल यादव एवम् सांसद किरण यादवका ज्येष्ठ सुपुत्र इञ्जिनियर अभिषेक यादवका साथ आज सु–सम्पन्न हुँदैछ ।abhisek-nisha-kusum-marrige.4jpg

शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञलगायतको उपस्थिति थियो । समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि उपस्थित रहेका थिए ।

विवाहको सबै कार्यक्रम आजै सम्पन्न हुने राष्ट्रपति भण्डारीका स्वकीय उपसचिव दीपा शर्माले जानकारी दिएका छन् ।

ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान

काठमाडौं, माघ १६ नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पु¥याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म...