हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

कलाकार र पत्रकारलाई सम्मान

इन्फोनेपाल संवाददाता/ मनोरञ्जन - January 13, 2017

 
भक्तपुर, पौष २९
सुनौलो कला केन्द्रलगायत पाँच संस्थाले आज र पत्रकार र चलचित्र निर्देशकलाई सम्मान गरेको छ ।सांसद रामेश्वर ढुङ्गेलले लामो समय पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका नेपाल पत्रकार महासंघका जिल्ला सभापति अमर भुजु र चलचित्र निर्देशक विनोद शेयरिङलाई सम्मान गरेका हुन् ।कार्यक्रममा सुनौलो कला केन्द्रले सञ्चालन गरेको अभिनय तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएकोे थियो ।

केन्द्रका अध्यक्ष जीवन ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद ढुङ्गेल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, प्रहरी उपरीक्षक किरण राणा, मालपोत कार्यालयका प्रमुख कमलप्रसाद तिमिल्सिना, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, सम्मानित व्यक्ति भुजु, सेयरिङ, रफत सञ्चार क्लबका अध्यक्ष सुुशीलबन्धु थापालगायतले भक्तपुरमा पछिल्लो समयमा सञ्चारको विकास तीव्रगतिमा भएको चर्चा गरेका छन् । रासस

ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान

काठमाडौं, माघ १६ नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पु¥याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म...