हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

गीतकार संघको छैटौँ साधारणसभा

इन्फोनेपाल संवाददाता/ मनोरञ्जन - January 13, 2017

 

काठमाडौं, पौष २९
समाजमा शान्तिपूर्ण सहअस्तित्व कायम गरी समाजलाई पथप्रदर्शन गर्ने गीत सिर्जना गर्नुपर्नेमा जोड दिइएका छन् ।

गीतकार संघको छैटौँ साधारणसभामा सहभागी वक्ताले विभिन्न जाति समुदायमा विभक्त नेपाली समाजमा सामाजिक एकताको खाँचो रहेको औँल्याएका छन् ।

वरिष्ठ गीतकार किरण खरेलले मुलुकमा सामाजिक रूपान्तरणका लागि कला, साहित्य तथा गीत–संगीत सशक्त माध्यम भएको विचार व्यक्त गरेका छन् । उनले सर्जकले सिर्जना गर्ने गीत तथा संगीतको रोयल्टी वितरण प्रणालीलाई पारदर्शी बनाउन आग्रह गरेका छन् ।

संगीतकार समाजका अध्यक्ष सुरेश अधिकारीले नेपाली समाजको अवस्था तथा स्रोतको मनोभावनालाई बुझेर राम्रो र उत्कृष्ट गीत तथा संगीतको सिर्जना गर्न सकिएमा राष्ट्र एकताबद्ध हुनसक्ने बताएका छन् ।

गीतकार मिलन मोक्तान, तुलसी पराजुली, लक्ष्मण श्रेष्ठलगायतले सो क्षेत्रलाई व्यवस्थित गर्ने निकाय संवेदनशील नहुँदा स्रष्टाको सिर्जनाको चोरी बढ्दै गएकामा चिन्ता व्यक्त गरेका हुन् ।

गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहालले मुलुकभर रहेका गीतकारलाई एकताबद्ध गरी उनीहरूका हक, हित तथा अधिकारलाई संरक्षण गर्न संस्था क्रियाशील रहेको बताएका छन् । सो संस्थाको साधारणसभाले नयाँ नेतृत्वसमेत छनोट गर्ने जानकारी दिएका छन् । रासस

ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान

काठमाडौं, माघ १६ नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पु¥याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म...