हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

बाघको छालामा स्यालको रजाइँ….

खगेन्द्र अधिकारी/ विचार/विश्लेषण - January 11, 2017
unnamed

पृथ्वीनारायण शाह नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभूपाल शाह तथा रानी कौशल्यावतीका छोरा थिए । वि.सं. १७७९ पौष २७ गते बिहीबार उनको जन्म भएको थियो । वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यु भएपछि पृथ्वीनारायण शाह २० वर्षको उमेरमा गोरखाका राजा भएका थिए । उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए । सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो र धनुवाण, तरबार, घोडसवारी, दौड, पौडी आदिमा पनि उनी निपूर्ण रहेका थिए ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी, कैयौँ स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण ३६ जातको फूलबारीको श्रृष्टि गरे । पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन् । तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुवान क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको बेला, पृथ्वीनारायण शाहले त्यसको नेतृत्व लिएका थिए । कालान्तरमा हिमवत् खण्डको असंलग्न परराष्ट्र नीतिको सूत्रधार उनी नै भए भने उपनिवेशवादविरुद्ध राष्ट्रिय सुरक्षाको अवधारणालाई समेत अङ्गीकार गरेका थिए ।

imagesएकीकरणमा परेका अधिकांश भुरेटाकुरे राज्यलाई उनले स्वशासन दिएका थिए भने आफ्नो र अन्य क्षेत्रका फौजलाई नेपाली फौजमा परिणत गरेर राष्ट्रिय सेनाको निर्माण गरेका थिए । आन्तरिक पूँजी निर्माणका लागि उद्योगधन्दा र वाणिज्य क्षेत्रमा उनीद्वारा प्रतिपादित नीतिहरू आज पनि त्यत्तिकै महत्वपूर्ण छन् । नव एकीकृत देशको सामूहिक क्षमतामै त्यसपछिका उत्तर तथा दक्षिण दुवैतर्फ नेपालले पटकपटक लडाइँ लडेको थियो । यी लडाइँले नै नेपाललाई सम्पूर्ण रूपमा एक ढिक्का पारेको थियो भने नेपाली पहिचान र नेपाली राष्ट्रवादको शिल्पकारिता पृथ्वीनारायण शाहले नै सुरु गरेका हुन्, जसमा नेपाली जनताको पनि प्रर्याप्त लगानी छ तथापि, राष्ट्रवादको सूत्रधार पृथ्वीनारायण शाह नै हुन् भन्ने कुरामा कुनै विवाद छैन ।

साथै फिरंगिको बेठ बेगार र शोषण हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी जनकपुर, विरगञ्ज लगायत सिन्धुली, मकवानपुरको बाटोमा पर्ने गाउँहरुलाई जंगलतिर सार्न लगाई… सिन्धुली, मकवानपुर गढ़िको निर्माण गरी, पृथ्वीनारायण शाहले लिएको देश र जनता बचाउ रणनीतिको इतिहास कम रोचक छैन र नेपाल हान्न अर्थात पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान बिरुद्ध त्यसबेला कान्तिपुरका राजा रहेका जय प्रकाश मल्लको आग्रहमा उनलाई मद्दत पुर्याउन भनी ब्रिटिश इण्डिया कम्पनीद्वारा किनलक हार्डीको नेतृत्वमा पठाइएका केही फिरंगी अफिसर सहित २४०० जवानको फौजलाई धोति न टोपी पारेर लखेटेको गौरवमय इतिहास साक्षी छ ।

नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामा हिजो गरेको काम त पृथ्वीनारायण शाहले झण्डै २०० बर्षभन्दा अगाडि नै गरिसकेका रहेछन् र मण्डेलाले आफ्नो देशलाई ‘सप्तरंगी’ भनेझै नेपाल एकीकरणका अभियन्ता युगिन महापुरुष पृथ्वीनारायण शाहले नेपाललाई ‘चार जात छत्तिस वर्णको साझा फूलबारी हो, सबै मिलिजुली यसको रक्षा गर्नु पर्दछ’ भनेका थिए । स–साना र कमजोर राज्यहरूलाई एकीकरणको माध्यमबाट बलियो राज्य बनाई नेपाललाई अंग्रेजहरूको साम्राज्यबादबाट बचाउन पृथ्वीनारायण शाहले गरेको सत्कर्म प्रति राष्ट्रप्रेमी सबै नेपालीले गौरव गर्नु पर्दछ । गोरखाका राजा भएर पनि ‘गोर्खा राज्य’ भनेनन्, वि.सं. १८२६ मा उपत्यकाका ३ वटै राज्यलाई जितिसकेपछि यो मुलुकलाई ‘नेपाल राज्य’ नामाकरण गरेर पृथ्वीनारायण शाहले आफ्नो राजनीतिक कौशलता र देशभक्तिको भाव देखाएका थिए ।

k[YjLgf/fo0f zfxsf] hGdhoGtL k[YjLgf/fo0f zfxsf] @(% cf}+ hGdhoGtLsf] cj;/df a'waf/ l;+xb/af/ u]6df /x]sf] zfxsf] zflnsdf em08f /fVb} nId0f v8sf . tl:a/ M k|bLk/fh jGt, /f;;

पृथ्वीनारायण शाहले निर्माण गरेको ‘नेपाल’ राज्यबाट नै हामी ‘नेपाली’ भएर गौरवका साथ बाँच्न पाएका छौँ भन्ने कुरा हामीले कदापि बिर्सनु हुँदैन र ‘नेपाल’ हाम्रो मातृभूमि हो, ‘नेपाल’ भन्ने मूलुक रहेमा मात्र हामि ‘नेपाली’ भएर रहन पाउने छौँ भन्ने कुरालाई समेत हामीले राम्ररी बुझ्नु पर्दछ । सबै नेपाली मिलिजुली, एकजुट भएर अखण्ड नेपाल देशको लागि काम गर्नुपर्ने दिन आएको छ । “मेरा साना दुषले आर्ज्याको मुलुक होइन, सबै जातको फुलबारी हो, सबैलाई चेतना भया’ भनेर देश र जनताप्रति पृथ्वीनारायण शाहले देखाएको सद्भाव र एकताको भावनालाई आज हामीले राम्ररी मनन गर्ने दिन आएको छ ।

गोरखनाथ, पशुपतिनाथ र गौतम बुद्धको देश हो नेपाल , भृकुटी र सीताको देश हो नेपाल, मोतीराम भट्ट र भानुभक्तको देश हो नेपाल, पृथ्वीनारायण शाह र सगरमाथाको देश हो नेपाल, संस्कृति र परम्पराको देश हो नेपाल, अभूतपूर्व शक्ति र सहिष्णुताका श्रोत हौँ हामी नेपाली र नेपालजस्तो गौरवशाली मुलुकमा नेपाली भएर स–गौरव बाँच्ने मौका प्रदान गर्ने राष्ट्रिय एकताका प्रतिक हाम्रा राष्ट्रपिता पृथ्वीनारायण शाहलाई मेरो सलाम छ र आजका दिनमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु. ।

अन्त्यमा, पुर्खाले आर्जेको मुलुक… नेपाल भन्ने मुलुक… आज किन यो मुलुक.. मुलुकजस्तो छैन ? नेपालको गौरवमय इतिहासलाई किन केरमेट गरिँदै छ ? नेपालको भूगोललाई किन चिरा–चिरा पारिँदै छ ? नेपाली÷नेपाली बीचको एकतालाई किन बिखण्डनको खाडलमा धकेलिँदै छ ? पृथ्वीनारायण शाहलाई नेपालका नायक र आफूलाई दोश्रो नायक भनी÷भनी… उग्र राष्ट्रवादका नारा घोकेर हिड्ने निर्लज्ज मनोरोगीहरूलाई, आजका दिनमा धिक्कार छ र बाघको छालामा स्यालको रजाइँ भनेको शायद यही हो क्यार… र नेपाल र सबै नेपालीको जय होस् ! मंगल होस् !!