हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

विरेन्द्र शाहको ७२ औँ जन्मजयन्ती आज

इन्फोनेपाल संवाददाता/ मुख्य समाचार - December 29, 2016
Nepal_King_Birendra

काठमाडौं, पौष १४
स्वर्गीय राजा वीरेन्द्र शाहको आज ७२ औँ जन्मजयन्ती परेको छ । उनकोे जन्म बुवा महेन्द्र तथा आमा ईन्द्र राज्यलक्ष्मीदेवी शाहको कोखबाट २००२ साल पौष १४ गते भएको थियो ।

स्वर्गीय राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिने गरिनछ ।

शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो । तत्कालीन राजा वीरेन्द्रसहित तत्कालीन रानी ऐश्वर्य युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।