हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

गोकर्णदेखि सिनामङ्गलको वाग्मती किनारमा सौन्दर्यकरण

इन्फोनेपाल संवाददाता/ मेरो नेपाल सफा नेपाल - December 1, 2016
bagmati-river

काठमाडौं, मंसिर १६
उपत्यकाको सभ्यताका श्रोत वाग्मती नदीको गोकर्णदेखि सिनामङ्गलसम्म ७ दशमलव २ किमीको दायाँ बायाँ किनारमा सौन्दर्यकरण सुरु भएको छ । नदी सौन्दर्यकरण कार्यक्रमअन्तर्गत बगैँचा, रेलिङ र साइकल लेनको निर्माण गरी वाग्मतीको सौन्दर्य प्रवद्र्धनमा सहयोग पु¥याउन लागिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

एसियाली विकास बैंकको रु. एक अर्ब ६० करोड सहयोगमा नदी सौन्दर्यकरण कार्यक्रम सुरु भएको समितिका उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए । मंसिर पहिलो साताबाट सुरु भएको नदी सौन्दर्यकरण २७ महिनामा सकिने छ ।

गोकर्णदेखि सिनामाङ्गलसम्म ७ दशमलव २ किमीमा नदी र सडकको बीचमा बगैँचा र रेलिङ निर्माण गरिनेछ । सडकमा साइकल लेनको समेत व्यवस्था गरिने आयोजनाले जनाएको छ । निर्माणका लागि कालिका/र्यान्केन/लामा जेभीलाई ठेक्कासमेत दिइएको छ ।
रासस