हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

यमपञ्चक अर्थात शुभ–दीपावली र धार्मिक आस्था

रमा घिमिरे/ विचार/विश्लेषण - October 29, 2016
animated-diwali-wallpapers-5

हिन्दू धर्मावलम्बीहरूको पहिलो ठूलो महान् चाड विजया दशमीको अन्त्य सँगै नेपालीहरूको दोश्रो ठूलो महान् पर्व तिहार शुक्रबारबाट काग तिहार मनाइँदै सुरु भएको छ । शनिबार भैरबको बहानको रूपमा लिइने कुकुर तिहार मनाइन्छ भने तेश्रो दिन घर–घरमा शुभ–दीपावलीको आगमनसँगै भव्य तयारी गरी धनकी देवीे लक्ष्मीको पूजाआज गर्ने प्रचलन रहेको छ ।

धनकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीलाई आफ्नो घरमा आगमन गर्नका लागि आराधाना गर्ने गरिन्छ । यस पर्वमा घर–घरमा दीपावली गरी हर्षोउल्लासका साथ यस पर्व मनाउने गरिन्छ । यस पर्वको पनि छुट्टाछुट्टै महिमा रहेको पाईन्छ । तर पनि हामीले बढी सुन्ने गरेको यस पर्वको महिमा यो छ कि सधैँ जसो देवता र दानवको बीचमा झगडा भईरहने र लडाईंमा पनि कहिले देवताहरू त कहिले दानवहरू विजय हुने गर्थे तर दानवहरूले भने देवताहरूलाई सधैँ नै सताई रहेका हुन्थे । एक पटक दानव र देवताका बीच घनघोरको लडाईं भयो । देवताहरूले हारे । त्यसपछि दानवहरूको अत्याचार झन्झन् बढ्न थाल्यो ।diwali-pujan-702x336

त्यतिखेर देवताहरू लुकेर बस्नु परेको थियो । अनि यसको निराकरणका लागि सबै देवता मिली ब्रम्हाको शरणमा गए । ब्रम्हाले पनि सबै देवतालाई लिएर परब्रम्ह परमात्मा बिष्णु कहाँ पुगे । त्यहाँ नारायणले समुन्द्र मन्थन गरेमा त्यसबाट समस्या समाधान हुन सक्ने कुरा बताए । त्यसअनुसार देवता र दानवहरू सबै मिली समुन्द्र मन्थन गरे । समुन्द्र मन्थनबाट कालकूट विषदेखि लिएर कामधेनु उच्चैश्रवा घोडा ऐरावत हात्ती कौतुस्तुभमणि कल्पवृक्ष अप्सरा र त्यसपछि सम्पूर्ण दिशा नै उज्ज्वल हुने कान्तीमति लक्ष्मीको उत्पत्ति भयो । असिन लक्ष्मीलाई सबैले अभिषिक्त गरे । त्यसपछि लक्ष्मीले बरमाला लिई बर खोज्ने क्रममा बिष्णुलाई वर स्वीकार गरी पतिवरण गर्नुभयो । त्यसपछि लक्ष्मीले देवताहरूलाई श्रीसम्पत्तिले सु–सम्पन्न बनाइदिनु भयो भने दानवहरूलाई श्रीहीन बनाई दिनुभयो । लक्ष्मी समुन्द्र मन्थनबाट प्रकट भएकी सेतो वस्त्र पहिरेकी धनकी देवी हुन् । यिनका पनि दुई भेद छन् ।
१. बिष्णुप्रिया बिष्णुका साथ सदा बसिरहने
२. राजाहरूका ऐश्वर्यको रूपमा रहने

imagesलक्ष्मी सदा कमल र हात्तीका साथ रहनुहुन्छ र साथै कमलपुष्प रहेको हुन्छ र सधैँ कमलमा बस्नु हुन्छ । त्यसैले लक्ष्मीको हातमा सदा एक कमलपुष्प रहेको हुन्छ भने लक्ष्मीको दायाँ बायाँ दुई हात्तीले स्वर्ण कलशमा जल भरेर ल्याई सो जलबाट सुँडद्वारा स्नान गराएको हुन्छ । त्यसैले हात्ती र कमल लक्ष्मीको अभिन्न अंग भएको कारणले ती पवित्र पनि छन् । त्यसै कारणले कमलपुष्प भएको पोखरीमा हात्तीले आनन्दपूर्वक स्नान गर्दछ । त्यसैले कमलकै नामबाट लक्ष्मीको अनेक नामहरू हुन गएका छन् । जस्तै पद्मा, पद्मजा, पद्मस्थिता, पद्मसम्भवा, पद्महस्ता, पद्मिनी आदि । लक्ष्मी हात्ती र कमल यी तिनैको उत्पत्ति जलबाट भएकोले यिनीहरूको संयोग हुनु पनि स्वाभाविक भएको छ । त्यसैले हिन्दू धर्मावलम्बीहरूले तिहारको पर्वमा महालक्ष्मीको पूजा आराधनाका साथै दीपावली समेत गरेर लक्ष्मी पूजाको रूपमा यस पर्वलाई भव्यताका साथ मनाउने गर्दछन् । त्यस्तै तिहारको विशेष दिन कात्तिक १६ गते मंगलबार मध्यान्ह ११ बजेर ५२ मिनेटमा भाईटीका लगाउने शुभ–साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।उज्यालो, पशुपंक्षी पूजा, भ्रातृभगिनी प्रेम, मिठाई र सेल रोटी सेवन, फूल तथा मुलुकको मौलिक नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चक कात्तिक १२ गते शुक्रबारदेखि सुरु भएको छ ।

download (1)

कात्तिक १२ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कात्तिक १३ गते शनिबार नरक चतुर्दशी र कुकुर तिहार परेको छ । काग तिहारका दिन यमदूत काग र कुकुर तिहारका दिन यमदूत कुकुरलाई मीठो खानेकुरा खान दिइने शास्त्रीय परम्परा रहँदै आएको छ ।

kukur tiharनरक चतुर्दशीका दिन बिहानै उठेर तिलको तेल लगाई नरके स्नान गरेमा वैज्ञानिक रूपमा शरीरभित्र पानी पस्दैन भन्ने छ । धार्मिक रूपमा नरक जानु नपर्ने र सुख शान्ति मिल्ने विश्वास समेत रहेको पाइन्छ । कात्तिक १४ गते लक्ष्मी पूजा, दीपमालिका र सुखरात्रि भनिन्छ भने त्यसै दिन भलो होस् भनी भैलो खेल्ने परम्परा रहेको छ ।mha puja

कात्तिक १५ गते गाई पूजा, गोबद्र्धन पूजा, गोरु र नेवार समुदायमा म्ह अर्थात् आत्मा पूजा गरिन्छ । यसै दिन कात्तिक शुक्ल प्रतिपदादेखि नेपाल सम्वत् पनि सुरु हुन्छ । यस दिन साँझदेखि देउसी खेल्ने गरिन्छ । प्राकृतिक रुपमा पनि सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्ने समयमा तिहार पर्व पर्ने भएकाले वातावरण हेर्दै तिहार आएजस्तो अनुभव हुन्छ ।

vaitikaतिहारको अन्तिम दिन कात्तिक १६ गते मङ्गलबार कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाइन्छ । जसलाई भाईटीका भनिन्छ र योसँगै नेपालीहरूको दोश्रो ठूलो महान् पर्व तिहार सम्पन्न हुन्छ ।